Logo
Logo

प्रधानमन्त्रीलाई भेट्दै आयोग : निर्वाचन मिति प्रस्ताव गर्ने


756
Shares

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संघिय निर्वाचनको मिति प्रस्ताव गर्ने भएका छन् ।

आयोगले मंसिर २ वा ५ गते प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो । त्यसपछि चुनावको तयारीका लागि कम्तिमा १ सय २० दिन समय राखेर सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ ।

आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्