Logo
Logo

दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने


882
Shares

विराटनगर । प्रदेश १ सरकारले सवारी दुर्घटनाका कारण घाइते भएकाको उपचार खर्च बेहोर्ने भएको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो । प्रदेश मातहतका सवारी दुर्घटनामा घाइतेको उपचारमा जटिलता आएपछि यस्तो निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।

बीमा रकमभित्र उपचारमा समस्या नभएको तर त्योभन्दा बढी खर्च लाग्ने अवस्थामा सरकारले निर्णय गरेर उपचार खर्च बेहोर्ने व्यवस्था गरेको हो । बैठकले यसअघि गरेको प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय सच्याएको छ ।

प्रदेश यातायात व्यवस्था ऐनको प्रतिकुल हुनेगरी यसअघि मन्त्रिपरिषद् बैठकले निर्देशनालय हटाएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000