काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद भीम रावलले सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्ने काम अघि बढाइरहेको बताएका छन् ।

सांसद रावलले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यकता रहेको बताए ।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘एसपीपी यो हिन्द प्रशान्त रणनीतिको अंग भएको हुनाले यसको सदस्य नेपाल हुन सक्दैन। यो कार्यक्रमलाई अघि बढाउन सकिँदैन भनेर स्वयं मन्त्रीहरू, पार्टीका नेताहरूले भनिरहेका छन् ।
नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले यतिका दिनसम्म के कारणले नेपाल अमेरिकी राज्य साझेदारी कार्यक्रमको सदस्य बन्दैन भन्ने पत्र किन नपठाउनु भएको ? भन्दै प्रश्न गरे











