Logo
Logo

यस्तो छ आजको मौसम पुर्वानुमान


504
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ ।

आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ । अरू प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरू प्रदेशमा आंशिक बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी प्रदेशमा आंशिक बदली हुनेछ । गण्डकी र लुम्बिनीका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्