काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारको मापदण्ड र विधि तय गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले उम्मेदवारको मापदण्ड र विधि तय गर्ने निर्णय गरेको हो ।

यहीँ भदै १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकले उम्मेदवारको मापदण्ड र विधि तय गर्ने एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘उम्मेदवार छनोटको विधि र प्रक्रिया निर्धारण गर्ने काम केन्द्रीय कमिटीले गर्छ । विधि तोकिएपछि जिल्ला, प्रदेश हुँदै केन्द्रमा आउछ ।’
गुरुङले राजनीतिक कार्यदिशा, रणनीतिबारे अध्यक्षको प्रतिवेदनमा समेटिने र आगामी सरकार एमालेको बन्ने उद्देश्य राखिएकाले सोही अनुसार प्रतिवेदन आउने बताए ।
आगामी निर्वाचनमा तालमेलको लागि एमालेले ढोका खुल्लै राखेको पनि उनले जानकारी दिए । उनले भने, ‘आगामी मंसिर चार गते हुने निर्वाचनमा तालमेलको लागि एमालेले ढोका खुल्लै राखेको छ । एमालेसँग गठबन्धन गर्न चाहने शक्तिहरूको लागि ढोका बन्द भएको छैन ।’














