Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

सिट बाँडफाँट टुंग्याउने तयारीदेखि बन्चरेडाँडा जाने सडक ‘फास्ट ट्रयाक’मा बनाइनेसम्म


252
Shares

१. भदौ नौ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सत्ता गठबन्धनको तयारी, सिट बाँडफाँटका शीर्ष नेताहरूबीच ‘वान टू वान वार्ता’ हुने, कार्यदलको संयोजक सिटौला अस्वस्थ भएकाले बैठक प्रभावित भएको भनाइ, ०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन र गत वैशाखको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर सिट बाँडफाँट गर्नबारे छलफल ।


२. बन्चरेडाँडा जाने सडक ‘फास्ट ट्रयाक’मार्फत बनाइने, बालाजु–रानीपौवा सडक खण्डको निर्माणलाई टुक्र्याएर ‘फास्ट ट्रयाक’मा नयाँ ठेक्का प्रक्रिया थालिने, सात महिनाभित्र काम सक्नेगरी ठेक्का आह्वान गर्ने तयारी, सात दिनको म्याद दिएर ठेक्का निकालिने, १६ करोड रुपैयाँ लाग्ने अनुमान, तीनपिप्ले–त्रिशुली खण्डलाई एउटै ठेक्का बनाएर काम गरिने ।

३. प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको दोस्रो बैठक पनि कार्यसूचीमा प्रवेश गर्न पाएन, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग ६ महिनासम्म किन सिफारिस समितिमा नपठाएको भनेर सभामुख अग्निप्रसाद सापकोटाले जवाफ दिनुपर्ने एमालेका सांसदहरूको अडान, बैठक भोलि पुनः बस्ने, कार्यविधिको मस्यौदामाथि छलफल गरिने ।

४. सर्वोच्च अदालतको संवैधानिक इजलासले कर्मचारी समायोजन सम्बन्धी फैसला सुनाएसँगै लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्ने बाटो खुल्यो, ‘लोकसेवा आयोगको परीक्षा रोक्नू’ भनि दर्ता भएका रिट निवेदन सबै खारेज, आयोगले पूर्णपाठ जारी भएपछि त्यसका आधारमा आफ्नो काम अघि बढाउन सक्ने, केही दिनभित्र सर्वोच्चले पूर्णपाठ सार्वजनिक गर्ने ।


५. नेकपा एमालेले आफ्नो मुद्दा मिल्ने पार्टीसँग निर्वाचनको लागि तालमेल गर्ने, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई एमालेले बचाउने भनाइ, भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश हुने, प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्था र गठबन्धन सरकारले गरेका गलत क्रियाकलाप र आगामी निर्वाचनबारे राजनीतिक प्रतिवेदन उल्लेख ।


६. सरकारले चालु आर्थिक वर्षदेखि देशभित्रै सुरक्षित मुद्रण कार्य आरम्भ गर्ने, राहदानी, हुलाक टिकट, अन्तःशुल्क स्टीकरलगायतका सुरक्षण कागजातहरु देशभित्रै मुद्रण गर्न सुरक्षण मुद्रण स्थापना, सुरक्षण मुद्रणका लागि आवश्यक यन्त्र, उपकरण तथा सफ्टवेयरसहितको सुरक्षण मुद्रण मेशिन खरिद, जनआकाङ्क्षा अनुरूप सरल, सहज र प्रभावकारी सेवा प्रदान गर्न सञ्चारमन्त्रीको प्रतिबद्धता ।


७. सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप, स्थानीय घुरन साहको घरमा अवैधरुपमा कपडा लुकाइछिपाइ राखेको समान बरामद गर्ने क्रममा झडप भएको प्रहरीको भनाइ, स्थति नियन्त्रणमा तीन राउण्ड हवाई फायर, स्थानीयवासीद्वारा प्रहरीमाथि ढुङ्गामुडा प्रहार, तीन प्रहरी जवान घाइते ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि, एक दशमलव ८५ अंकले उकालो लागेर दुई हजार ५४ दशमलब ९८ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स शून्य दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ९७ दशमलव ६९ मा कायम, कूल दुई सय २२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर एक अर्ब ३३ करोड ३५ लाख ६० हजार आठ सय ५७ रुपैयाँमा खरिद बिक्री ।


९. केन्यासँग सिरिज खेल्न जाने पाँच खेलाडी र दुई अफिसलको भिसा नआउँदा नेपालमै रोकिए, तीव्र गतिका बलर सोमपाल कामी, बसिर अहमद, शाहब आलम, आदिल अन्सारी र विवेक यादव केन्या जान पाएनन्, भारतीय ट्रेनर अब्दुल सतार र क्रिकेट म्यानेजर सुनिल महासेठ पनि नेपालमै रोकिएका, ११ खेलाडी भने केन्या प्रस्थान ।


१०. श्रीलङ्काका सबै विश्वविद्यालय सेप्टेम्बरमा खुल्ने, विश्वविद्यालय अनुदान आयोगका अधिकारी र विश्वविद्यालयका उपकुलपतिबीच विश्वविद्यालय खुलाउने सहमति, चीन, लाओस, म्यानमार र थाइल्याण्डका कानुन प्रवर्तन अधिकारीहरूद्वारा मेकोङ नदीमा १२०औँ संयुक्त गस्ती शुरु, सबैभन्दा बढी खाद्यान्न मूल्य मुद्रास्फीति भएका १० देशमध्ये श्रीलङ्का पाचौँ स्थानमा, इरानी सैन्य सल्लाहकार अबोलफजल अलीजानी सिरियामा मारिए ।

प्रतिक्रिया दिनुहोस्