Logo
Logo

अन्य वाम घटकसँग सहकार्य गर्न माओवादी तयार छ : देव गुरुङ


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वाममोर्चा निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै त्यसका लागि नेकपा एकीकृत समाजवादी, वामदेव गौतमको पार्टी, डा. बाबुराम भट्टराईलगायतसँग छलफल भइरहेको बताएका हुन् ।

पाँचदलीय गठबन्धन पनि एउटा सहमतिको मोडल भएको बताउँदै महासचिव गुरुङले भने, ‘यसबाहेक अधिकतम लचकताका साथ कम्युनिष्ट दलहरूसँग पनि मिलेर जानुपर्छ भनेर हामी लागिरहेका छौं ।’ पछिल्लो समयमा वामहरुको मोर्चा निर्माण गर्न सकिन्छ कि भनेर छलफल भइरहेको उनको भनाइ छ ।

महासचिव गुरुङले विगतमा नेकपा एमालेसँग गरिएको प्रयास असफल भएको बताउँदै अझै पनि एमालेले पुनर्विचार गरे छलफल गर्ने बताए । ‘माओवादी र अन्य वाम घटकसँग सहकार्य गर्न माओवादी केन्द्र तयार छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्