Logo
Logo

काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गर्ने बालेनको चेतावनी


3.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गर्ने बताएका छन् ।

बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने चेतावनी समेत दिए ।

उनले सबै खाले अवैध संरचना हटाएरै छाड्ने भन्दै भने, ‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ । अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’

अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्