Logo
Logo

नेपाल वायुसेवा निगमको भ्रष्ट व्यवस्थापन : पर्यटनमन्त्री भट्टराईका लागि चुनौती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नियुक्तिको १० महिना बितिसक्दा पनि व्यवस्थापनमा कुनै पनि सुधारको काम गर्न सकेका छैनन् । दुईवटा वाइडबडी जहाज र आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज सात महिनादेखि ‘ग्राउन्डेड’ छन् । ती जहाज सञ्चालनको योजना, सोच पनि खरेलमा देखिँदैन । नेपाल भ्रमण वर्ष शुरु हुन अब ५ महिना मात्र बाँकी छ । नेपाल भ्रमण वर्ष सफल पार्न राष्ट्रिय ध्वजावाहकको महत्वपूर्ण भूमिका हुन्छ । भ्रमण वर्षलाई ध्यानमा राखेर निगमलाई व्यापक सुधार गर्नुपर्नेमा अध्यक्ष खरेलले आफ्नो असक्षमता ढाकछोप गर्न निगमका विभिन्न विभाग विदेशी कम्पनीलाई जिम्मा लगाएर कमिशन खाने दाउमा छन् । निगम सुधार गरेर मुनाफा कमाउने भन्दा पनि निगमलाई टाट पल्टाएर निगमको सम्पत्ति विदेशी कम्पनीलाई साझेदारको रुपमा भित्र्याउने नियतका साथ दोस्रोपटक निगममा भित्रिएका खरेललाई समयमै नहटाउने हो भने नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई खरेलकै कारण असफल हुने पक्का छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको बिग्रदो अवस्थालाई लिएर चिन्ता लिइरहेको भए पनि खरेलले प्रधानमन्त्रीलाई चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । प्रधानमन्त्री ओली कुरामा होइन, परिणाममा विश्वास गर्ने भएकाले प्रधानमन्त्रीले खरेलबाट परिणाम खोजेका छन् । तर, खरेल निगमको अध्यक्षमा नियुक्त भएको १० महिना बितिसक्दा पनि उनीले परिणाममुखी काम देखाउन नसकेपछि प्रधानमन्त्री ओली खरेलको विकल्पको खोजीमा छन् । त्यही भएर होला, खरेललाई प्रधानमन्त्री ओलीले भेट्ने समयसम्म पनि दिएका छैनन् ।

पर्यटन मन्त्रालयको प्रमुख चुनौती भनेकै निगमको भ्रष्ट व्यवस्थापन हो । खरेल अध्यक्ष नियुक्त भएर आएपछि उनले युवराज अधिकारी, राजेशप्रसाद श्रेष्ठ, आरके शेरचन, राजु नकर्मी र महेश मारिताजस्ता भ्रष्ट चरित्रका कर्मचारीलाई काखी च्याप्दै आएका छन् । त्यसका विरुद्ध कर्मचारी संघले आन्दोलनको तयारी गरिरहेका छन् । भ्रमण वर्षको मुखमा निगममा आन्दोलन चर्कियो भने त्यसले भ्रमण वर्षलाई नै असर पार्ने हुँदा निगमका अध्यक्षदेखि सञ्चालक समितिका अच्युत पहाडीजस्ता भ्रष्ट अनुहारलाई गलहत्याउनुपर्ने पर्यटनमन्त्री भट्टराईको अर्को चुनौती हो । कहाँसम्म भने खरेल अध्यक्ष भएर आएपछि विदेशस्थित पाइलटलगायत क्रु (उडान सदस्यहरु) बस्ने होटल परिवर्तन गरिएको छ । नियम मिचेरै भए पनि ठूलो रकम कमिशन खान अपरेशन निर्देशक आरके शेरचनले दुबईको पाँचतारे होटलको ठाउँमा कमशल होटल छानेका छन् । त्यसैगरी जापानको ओशाकामा पनि रोयल होटलसँग सम्झौता रद्द गरेर इम्पायरल होटलसँग सम्झौता गरेको छ ।

मोटो कमिशन खानकै लागि जुनियर पाइलट दीपु शेरचनलाई अप्रेसन विभागमा ल्याएका छन् । सिनियर पाइलटहरुलाई पाखा लगाउँदै कमिशनका लागि जस्तोसुकै कदम चाल्न तयार हुने दीपु शेरचनसँग मिलेर खरेलले होटल र इन्धन सम्झौतामा ठूलो रकम कमिशन खाने योजना बनाएका छन् । इञ्जीनियरिङ निर्देशक राजेश श्रेष्ठले प्रक्रिया मिचेर भए पनि ठूलो घोटाला गरेका छन् । वाणिज्य निर्देशक टंकनिधि दाहालले कर्मचारीहरुको विदेश पोष्टिङका लागि युवराज अधिकारीसँग मिलेर पोष्टिङ गर्ने समय कम भएको भनी पोष्टिङ गर्ने समय २० दिनका लागि थपेका छन् ।

निगमका सम्पूर्ण निर्देशकहरुसहितको बैठकमा खरेलले विना प्रसंग आफूले वाइडबडी र न्यारोबडी दुवैको किस्ता तिर्न नसक्ने, वाइडबडी जहाजको खरिदमा जो ग्यारेन्टी बसेको छ, उसैले तिर्छ, सम्बन्धित निकायमा भनि दिनुस् भन्दै आक्रोशित मुद्रामा नेपाल सरकारलाई गाली गर्ने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको बिग्रदो अवस्थालाई लिएर चिन्ता लिइरहेको भए पनि खरेलले प्रधानमन्त्रीलाई चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । प्रधानमन्त्री ओली कुरामा होइन, परिणाममा विश्वास गर्ने भएकाले प्रधानमन्त्रीले खरेलबाट परिणाम खोजेका छन् । तर, खरेल निगमको अध्यक्षमा नियुक्त भएको १० महिना बितिसक्दा पनि उनीले परिणाममुखी काम देखाउन नसकेपछि प्रधानमन्त्री ओली खरेलको विकल्पको खोजीमा छन् । त्यही भएर होला, खरेललाई प्रधानमन्त्री ओलीले भेट्ने समयसम्म पनि दिएका छैनन् ।

निगमको आन्तरिक उडानतर्फ तीनवटा ट्वीनअटर र छ वटा चाइनिज जहाज सञ्चालनमा रहेकोमा समयमै स्पेयर पार्टस र टुल्स व्यवस्थापन गर्न नसक्दा सबै जहाज थन्किएका छन् । चाइनिज जहाजका लागि टुल्स उपलब्ध गराउने चाइनिज कम्पनी एभीआईसीको पैसा नतिरेपछि एभीआईसीले सामान उपलब्ध नगराउने जनाएको छ । इञ्जीनियरिङका खरिद विभागक उपनिर्देशक महेश मरिताको लापरवाहीले गर्दा गत सन् २०१९ को जनवरीमा नै माग गरिएको सामान हालसम्म समेत नल्याई सबै ६ वटै चिनियाँ जहाजहरु थन्किएको छ ।

ट्वीनअटर जहाज नाइट–एन एबीएक्स जहाजको विङ लाइफ एक्सटेन्सन को कार्य गरी जहाज २ महिनाभित्र उडाउने भन्दै निर्देशक बनेका राजेश श्रेष्ठले एक वर्षसम्म पनि उक्त कार्य शुरु गर्न सकेनन् । श्रेष्ठ पनि कमजोर व्यवस्थापनको फाइदा उठाएर कमाउधन्दामै व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्