
१. सत्ता गठबन्धनलाई सिट बाँडफाँडमा सकस, सिट संख्याको दाबीबाट कुनै पनि दल पछि हटेनन्, सिट बाँडफाँट सम्बन्धी कार्यदल बैठक निष्कर्षविहिन, अहिलेसम्म कार्यदलमा उठेका विषय शीर्ष तहका नेतालाई जानकारी गराउने, अर्को बैठक बोलाउने निर्णय गर्ने अधिकार कांग्रेसलाई ।

२. महाअभियोग लागेर निलम्बनमा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध नेपाल बार र सर्वोच्च बार एशोसिएसनद्वारा भ्रष्टाचारको प्रमाण पेस, महाभियोग छानबिन समितिलाई ३५ बुँदासहित प्रमाण बुझाइयो, महाभियोग पुष्टि हुने दाबी, मुख्य–मुख्य क्रुटिपूर्ण फैसला, आदेश र न्याय परिषद्मा रहँदा गरेका कार्यविवरण र सर्वोच्च अदालत भवन निर्माणमा भएको अनियमितता सम्बन्धी उजुरीको पनि प्रमाण पेस ।

३. दृढ सङ्कल्पका साथ निर्वाचनमा लाग्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन, निर्वाचनमा एमालेले विजय हासिल गर्नुभनेको सिङ्गो राष्ट्र जोगाउन भएको भनाइ, देशको विकास र समृद्धि तथा जनताको जीवन सुखमय बनाउने नीतिहरू एमालेसँग मात्र रहेको दाबी, नागरिकता विधेयकबारे गठबन्धन दलहरूले एमालेको विरूद्ध भ्रम फैलाउने प्रयास गरेको आरोप ।

४. नेकपा माओवादीलाई वामपन्थी भित्रको पहिलो शक्ति बनाउने गरी लाग्न अध्यक्ष प्रचण्डको आग्रह, निर्विाचन कांग्रेससँगै गठबन्धन गरेर जानुपर्ने र त्यसबाट दायाँबायाँ हुने अवस्था नरहेको भनाइ, कांग्रेससहितको गठबन्धन बनाएर गए माओवादी संसदको दोस्रो शक्ति हुने दाबी, निर्वाचनपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने अभिव्यक्ति ।

५. आफूहरुले एमालेबाट विद्रोह नगरेको भए नेपालको राजनीति ठूलो सुरुङभित्र मात्रै नभएर प्रतिगामी दिशामा गइसक्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, जनताका अधिकारको रक्षा र कम्युनिस्ट आन्दोलन बचाउन विद्रोह गरेको तर्क, कम्युनिस्ट आन्दोलनको रक्षा र कम्युनिस्ट पार्टी पुनर्गठन गर्नुपर्ने ठहर ।

६. ‘अबको विद्युत् उज्ज्वल भविष्यका लागि’ भन्ने ऊर्जामन्त्री मन्त्री पम्फा भुसालको सङ्कल्प, औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि क्षेत्रको विकास तथा खानेपानी, विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो समृद्धिका लागि हो भन्ने मान्यता स्थापित गर्नुपर्ने भनाइ, सरकारले गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सबस्टेशन, प्रसारण एवं वितरण लाइन निर्माण तथा स्तरोन्नतिका कामलाई प्रमुख प्राथमिकतामा राख्ने ।

७. कर्णाली प्रदेशका दुई जना मन्त्रीद्वारा राजीनामा, आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहद्वारा राजीनामा, मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी केन्द्र संसदीय दलका सचेतक कृष्णा शाह र प्रदेशसभा सदस्य रातो कामीलाई सिफारिस ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मा उच्च अङ्कको ओरालो, ३३ दशमलव ३६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ८९ दशमलव २६ मा झर्यो, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर तीन सय ८५ दशमलव ७० मा सिमति, २२४ कम्पनीको ६१ लाख ४८ हजार तीन सय ४१ कित्ता शेयर दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार एक सय तीन रुपैयाँमा खरिद बिक्री ।

९. केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तरराष्ट्रिय खेलमा नेपाल विजयी, केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हरायो, केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ दशमलव तीन ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन बनायो, जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता ।

१०. अफगानिस्तानमा एक वर्षको अन्तरालपछि चलचित्र प्रदर्शन सुरू, महिला कलाकारको भूमिका सीमित, जापानले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा अफ्रिकालाई स्थान दिलाउन जापानका प्रधानमन्त्री फुमियो किशिदाको भनाय, इजरायली गुप्तचर प्रमुख र अमेरिकी अधिकारीसँग भेटवार्ता हुने, तालिवान शासनद्वारा राष्ट्रिय सेना गठन ।















