Logo
Logo

एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्ति : मन्त्री चौधरी


2k
Shares

दाङ । सहरी विकासमन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा लिएको बताएका छन् ।

त्यसैले समाजवादी छोटो समयमै जनतामा स्थापित भएको उनको दाबी छ । ‘स्थानीय निर्वाचनबाट जनताले हाम्रो पार्टीलाई वैकल्पिक कम्युनिष्ट पार्टीका रुपमा स्वीकार गरिसकेका छन्,’ नेकपा एकीकृत समाबजवादी दाङको पाचौं पूर्ण बैठकमा मन्त्री चौधरीले भने, ‘त्यसकारण हामी अरुभन्दा भिन्न, वैज्ञानिक चेतनाका आधारमा फराकिलो हृदयका साथ उभिन जरुरी छ । जनताको आशाको केन्द्र बन्न जरुरी छ ।’

स्थानीय चुनावबाट एमाले रेड जोनमा पुगेको उनको भनाइ थियो । एमालेसँग राप्रपा र सिके राउतको पार्टी बाहेक का दल नमिल्ने चौधरीले दाबी गरे । ‘ओली नेतृत्वको एमालेले संवैधानिक सर्वाेच्चता र संसदीय प्रणाली माथि नै निरन्तर धावा बोलेकाले ऊ क्रमशः कमजोर बन्दै गइरहेको छ । स्थानीय निर्वाचनमा एकैचोटी ३३ प्रतिशतले ओरालो लागेको एमाले अबको संसदीय निर्वाचनबाट संकटग्रस्त स्थितिमा पुग्नेछ,’ उनले भने ।

दुनियाँमा विद्रोह गर्नेहरु नै मुल धारको शक्ति मन्त्री चौधरीको भनाइ थियो । कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे, केन्द्रीय सदस्य तथा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्दीय सदस्य शारदा श्वर्णकार, जिल्ला अध्यक्ष शुरामणि बेल्बासे, जिल्ला इन्चार्ज जोगबहादुर राणा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्