
काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ ।
नागरिकता विधेयको विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी टोली राष्ट्रपतिलाई भेट्न आज दिउँसो २ बजे शीतल निवास जान लागेका हुन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितको टोली शीतल निवास जान लागेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि कांग्रेस टोलीले राष्ट्रपति भण्डारीलाई आग्रह गर्नेछ । राष्ट्रिय सभाबाट विधेयक पारित भए पनि राष्ट्रपतिले ‘होल्ड’ मा राख्ने संकेत दिएपछि कांग्रेसले विधेयक प्रमाणीकरण गर्न पहल थालेको हो ।














