Logo
Logo

बारा-२ : उपेन्द्र यादव उम्मेदवार


4k
Shares

वीरगञ्ज । सत्ता साझेदार दल जसपाका अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्‍मेदवारमा सिफारिस भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिले अध्यक्ष यादवको नाम सिफारिस गरेको हो । यादव यसअघि २०७४ को चुनावमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

त्यस्तै, प्रतिनिधिसभा सदस्यमा यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग राय वदको नाम पनि सिफारिस गरेको छ । त्यस्तै प्रदेश सभा क्षेत्र नं २ ‘क’ मा १० जना र प्रदेश सभा क्षेत्र नं २ ‘ख’ १२ जनाको नाम जिल्ला कार्य समिति बारामा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्