Logo
Logo

तरुण दलद्वारा बाराका हावाहुरी पीडितलाई सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ भदौ । नेपाल तरुण दलले बाराका हावाहुरी पीडित ३१ घरपरिवारलाई सहयोग प्रदान गरेको छ । गत चैत १७ गतेको हावाहुरीबाट उक्त क्षेत्रमा जनधन भएसँगै तरुण दलले ३१ जनाको परिवारका लागि ‘१ परिवार १० हजार’ सहयोग गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुरुप सहयोग प्रदान गरेको हो ।
नेपाल तरुण दल केन्द्रीय समितिले बिहीबार नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको कार्यालयमा मृत्युवरण गरेका परिवारका ३१ जनालाई ‘१ परिवार १० हजार’ नगद सहयोग गरेको हो । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत र केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले मृतक परिवारलाई रकम हस्तान्तरण गरेका थिए ।
नेपाल तरुण दल बाराले रकम हस्तान्तरण कार्यक्रमको संयोजन गरेको थियो । रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस बारा र पर्साको जिल्ला नेताहरुको उपस्थिति थियो । उक्त रकम आफ्ना शाखा र व्यक्तिबाट उठेको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार नेपाल तरुण दलको अमेरिका शाखाले २ लाख, नेपाल तरुण दल दोलखा जिल्ला कार्यसमितिले १ लाख १६ हजार र अर्घाखाँचीका सुरज पोखरेलबाट १० हजार सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्