काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३०औँ वार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बैंकको साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर तथा ११ दशमलव ११ प्रतिशत नगद गरी कुल १९ दशमलव ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको जनाइएको छ । अध्यक्ष श्रेष्ठले साधारणसभामा बैंकका निवर्तमान अध्यक्ष तथा संस्थापकहरू हिमालयशमशेर राणा, स्व. नरसिंहबहादुर श्रेष्ठ, मोहनगोपाल खेतान, मनोजबहादुर श्रेष्ठ, तुलसीप्रसाद गौतमलगायत सञ्चालक समितिका सदस्यहरूलाई बैंक स्थापनाकालदेखि सबल र उत्कृष्ट बैंक बनाउन योगदान पु¥याएको भन्दै विशेष धन्यवाद दिएका थिए ।
साधारणसभाले आव ०७८÷७९ को वार्षिक प्रतिवेदन पनि पारित गरेको जनाइएको छ । त्यस्तै, विजयबहादुर श्रेष्ठलाई निर्विरोध रूपमा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा निर्वाचित गरेको बैंकले जनाएको छ ।
सिभिलका सेयरधनीले ८०.२८ प्रतिशत सेयर पाउने
साधारणसभाबाट हिमालयन बंैक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई १०० बराबर ८०.२८ स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । जसअनुसार सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने भएका छन् ।
यसका साथै सिभिल बैंक प्राप्तिसँग सम्बन्धित अन्य प्रस्तावहरू पनि सर्वसम्मतिले पारित भएको जनाइएको छ । सिभिल बैंकलाई प्राप्तिपश्चात् हिमालयन बैंक लिमिटेडकै नाममा एकीकृत कारोबार गर्ने बैंकले जनाएको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको कुल अधिकृत पुँजी २६ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी हुने जनाइएको छ । प्राप्तिपश्चात् बैंकको कुल पुँजी कोष ३६ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी हुने बैंकले जनाएको छ । यसैगरी बैंकको कुल शाखा सञ्जाल एक सय ८९, विस्तारित काउन्टर १९ र एटिएम संख्या दुई सय ६२ पुग्ने जनाइएको छ ।
यस प्राप्तिले नेपाल राष्ट्र बंैकको मर्जर तथा प्राप्तिसम्बन्धी नीतिलाई आत्मसात् गर्दै बंैकिङलगायत देशकै वित्तीय विकासमा योगदान पु¥याउने बंैकले विश्वास व्यक्त गरेको छ । यसका साथै प्राप्तिपश्चात् पनि आफ्ना सेयरधनी, ग्राहकवर्ग तथा शुभचिन्तकहरूले उत्तिकैे माया, विश्वास र साथ प्रदान गर्ने बैंकको अपेक्षा छ ।












