Logo
Logo

लक्ष्मी बैंकको २२औँ साधारणसभा सम्पन्न


378
Shares

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा काठमाडौंमा २०७९ पुस २८ गते सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७८\७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्तिसमेत गरेको छ ।

आव २०७८/७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सो आवमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्