Logo
Logo

सिजी र एलजीको आउटलेटमा नबिलका ग्राहकलाई छुट


252
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ ।

अब नबिल बैंकका ग्राहकले देशभरका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउनेछन् ।

डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिलका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख नीरज शर्माले बताए । यस्तो सुविधा लिनका लागि नबिल बैंकको कार्ड आवश्यक पर्नेछ । नबिल बैंकका देशभर दुई सय ४० शाखा र दुई सय ८० एटिएम सञ्जाल छन् ।

नबिल बैंकले नयाँ प्रविधि अपनाउने र नविनतम् उत्पादन तथा सेवा दिएको छ । बैंकले देशको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य लिएको छ र नबिल डिजिटल बैंकिङ कारोबारलाई प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्