Logo
Logo

सपिङ मलमा फस्यो सेना


1.7k
Shares

काठमाडौं । व्यापारिक काममा हात हाल्दा नेपाली सेनाको कल्याणकारी कोषले करोडौं रुपैयाँको नोक्सानी बेहोरेको छ । सरकारी जग्गामा भवन बनाएर भाडा उठाउन खोज्दा न्यूरोड गेटस्थित हेरिटेज भवनमा सेनाको लगानी डुबेको हो ।

सेनाले सो भवन श्रीजयन्ती निर्माण सेवालाई लिजमा दिएको थियो । तर, सो कम्पनीले लिजवापतको पैसा सेनालाई दिन नसकेपछि सेनाको लगानी डुबेको हो । सेनाले गत ५ असोजमा नै सो कम्पनीसँगको सम्झौदा रद्द गरिसकेको छ । तर, न भवन खाली हुन सकेको छ न पैसा नै पाएको छ । मासिक लाखौँ भाडा आउने भवन बनाए पनि सदुरुपयोग हुन नसक्दा सेनाले नोक्सानी बेहोरेको हो ।

कल्याणकारी कोषको पैसा यसरी नाफा कमाउने लोभमा व्यापारिक भवनमा लगाउँदा सेना फसेको छ । सेनाले सो भवन आफैं प्रयोग गर्ने तयारी गरेको छ । पछिल्लो सैनिक नेतृत्वले व्यापारिक काममा लगानी नगर्ने नीति लिएको छ । सोहीअनुसार सैनिक कर्मचारीलाई बिक्री गर्न खरिद गरिएको जग्गा पनि अलपत्र परेको छ । काठमाडौंको कीर्तिपुर तथा चितवनमा सेनाले जग्गा खरिद गरी आफ्ना कर्मचारीलाई बिक्री गर्न लागेको थियो । सेना प्लटिङमा लागेको आरोप लागेपछि त्यो स्थगित भएको हो । सेनाले पट्रोल पम्प, पार्टी हलमार्फत भने व्यापार गरिरहेको छ ।

सेनाको कल्याणकारी कोषमा करिब ७० अर्ब पुगिसकेको छ । शान्ति मिसनमा जानेहरुको तलब कटाएर सो कोष बनेको हो । यसको पारदर्शीतामा प्रश्न उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्