Logo
Logo

इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न प्रधानमन्त्रीको निर्देशन


315
Shares

काठमामाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा आक्रमणपछि त्यहाँका रहेका नेपालीको अवस्था बुझ्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले घाइतेको उपचार, हराएकाको खोजी, घटनामा परि निधन भएकाहरुको शवको पहिचान र नेपाल ल्याउन पहल गर्न निर्देशन दिएका हुन् ।

उनले घटनास्थलका बंकरहरुमा भएका नेपाली नागरिकहरुको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्देशन दिएको प्रधानमन्त्रीको स्वकिय सचिव रमेश मल्लले बताए । उनका अनुसार उनीहरुलाई नेपाल ल्याउने व्यवस्था गर्ने विषयमा समेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा र्यापिड एक्सन टोली गठन गरेको बताए । उनले प्रधानमन्त्रीको तर्फबाट उद्धारको लागि सबै पक्षसँग कुराकानी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्