Logo
Logo

काठमाडौंको गोकर्णेश्वरमा गोली चल्यो, एकजना घाइते


11.9k
Shares

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको जनाएको छ । त्यस्तै ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो । तर लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्