
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएको छ । एमसीए नेपालले शुक्रबार एक सूचना गरी गर्दै अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेण्डर परेपछि यी सबै ठेक्का रद्द गरिएको जानकारी दिएको हो ।
प्रसारण लाइन निर्माणको लागि एमसिए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेपछि ठेक्का रद्द गरिएको हो । अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने छ ।















