Logo
Logo

युवा तथा खेलकुदमन्त्रीलाई मातृशोक


5.9k
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।

लेटाङ–६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो ।

उनको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा दाहसंस्कार गरिने छ ।

मन्त्री लिम्बु नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्