Logo
Logo

भारतबाट उपचार गरी फर्किरहेकी युवतीको एम्बुलेन्स दुर्घटनामा मृत्यु


3.7k
Shares

काठमाडौं । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्युु भएको छ । लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवती को मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया अञ्जली परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सवार अन्य ५ जना भने सकुशल छन् । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000