
काठमाडौं । भारतले नेपाली सेनालाई सैन्य सामग्री (६ वटा स्ट्राइकिङ भेइकल) उपहार दिएको छ । दुईदिने नेपाल भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर ‘लाइट स्ट्राइकिङ भेइकल’ उपहार दिएका हुन् ।
विदेशसचिवले सोमबार बिहान आफैं जंगी अड्डामा पुगेर सैन्य सामग्री हस्तान्तरण गरेका हुन् । मिश्रीले ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर र ६ वटा सैनिक घोडा पनि हस्तान्तरण गरेका छन् ।
सोही अवसरमा मिश्रीले केही स्वास्थ्य सामग्रीहरु समेत हस्तान्तरण गरेका छन् । सामग्री हस्तान्तरण गर्नुअघि जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग मिश्रीले भेटवार्ता गरेका थिए । भेटका क्रममा दुई पक्षीय हित र सैन्य सम्बन्धबारे कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।











