Logo
Logo

प्रचण्ड-विप्लव भेटमा के भयो कुराकानी ?


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेटवार्ता गरेका छन् । विप्लव निवास हरिसिद्धी पुगेर प्रचण्डले विप्लवसँग ४० मिनेट भेट गरेका हुन् । भेटमा प्रचण्डले विप्लवलाई पार्टी एकताबारेको निर्णय जानकारी गराएका छन् ।

माओवादीको हालै बसेको स्थायी कमिटी बैठकले विप्लवसँग एकता गर्ने र त्यसअघि कार्यदल बनाएर वार्ता गर्ने निर्णय गरेको थियो । माओवादीले विगतमा पनि विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । तर, प्रचण्डबाटै असफल भएको भन्दै नेकपाका नेताहरूले असन्तुष्टि जनाएका थिए ।

आज भने प्रचण्ड र विप्लवबीच पार्टी एकतालाई निष्कर्षमा पुर्याउनेगरी सकारात्मक वार्ता भएको प्रचण्ड सचिवालयले जनाएको छ । विप्लवले आफू पनि सकारात्मक रहेको भन्दै पार्टीबाट निर्णय गराउने बताएका जवाफ दिएका थिए । नेकपाको केन्द्रीय समिति बैठक भदौ २२ मा गते बस्दैछ ।

यसबाहेक पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चालाई प्रभावकारी ढङ्गले अघि बढाउनेबारे पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्