काठमाडौं । विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलनका उत्रिएका छन् । नेपाल शिक्षक महासङ्घले अर्को आन्दोलनका कार्यक्रम सोमबारदेखि नै सुरु गर्न लागेका बेला निजी विद्यालयका शिक्षकहरू पनि सडकमा उत्रिएका हुन् ।

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका शिक्षकहश्र आन्दोलनमा उत्रिएका हुन् । सोमबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले माइतीघर मण्डलमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न पाँच मागहरू अघि सारका छन् ।
निजी विद्यालय सञ्चालक र शिक्षकको माग
१. ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने ।
२. विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना९खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
३. कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने।
४. छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
५. छात्रवृत्तिसम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५५ आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐनअन्तर्गतको विभेदकारी प्रावधान-जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रमअन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।














