काठमाडौं । मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालत पाटनले सदर गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले बिहीबार थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।
यसअघि १४ साउनमा जिल्ला न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाको आदेश चित्त नबुझेपछि उनी गत भदौ ४ गते उच्च अदालत पाटन गएका थिए । उनी विरुद्ध एक महिलालाई ०८१ जेठ ४ गते आफ्नै डेरामा लगेर बलात्कार गरेको आरोप छ ।














