Logo
Logo

इनरूवाका वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी जारी


1.9k
Shares

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापाविरुद्ध शरीर अङ्गभङ्गको फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत सुनसरीले प्रहरीलाई पक्राउ अनुमति दिएपछि थापा फरार रहेको प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।

The current image has no alternative text. The file name is: inruwa.jpg

गत फागुन २२ गते थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बसेकी देविका खनाल गम्भीर घाइते भएकी थिइन् । लामो उपचारपछि पनि उनी अशक्त छिन् ।

पीडित पक्षले उच्च अदालत विराटनगरमा उजुरी गरेपछि भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई जवाफ दिन आदेश भएको थियो । साउन १६ गते मुद्दा दर्ता भई साउन २० गते पक्राउ पुर्जी जारी भएको हो ।

थापा भदौ ९ देखि फरार छन् । उनले वडासदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक जिम्मेवारी दिएका छन् । फौजदारी मुद्दाका कारण थापा स्वतः निलम्बनमा परेका छन्। प्रहरीले उनलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । 

प्रतिक्रिया दिनुहोस्