काठमाडौं । चीनले नेपालमा चाँडै सामाजिक स्थिरता कायम हुने अपेक्षा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालमा हालैको प्रदर्शन र अशान्तिका कारण प्रधानमन्त्रीले राजीनामा दिएको सन्दर्भमा बोल्दै चिनियाँ समाचार संस्था सिन्ह्वामार्फत भनेका छन्, ‘चीनले नेपालका सबै पक्षहरूले आन्तरिक समस्याहरूलाई उचित तरिकाले समाधान गरी चाँडै सामाजिक व्यवस्था र स्थिरता कायम गर्ने अपेक्षा गरेको छ ।’
नेपाल र चीन परम्परागत रूपमा मैत्रीपूर्ण छिमेकी रहेको उल्लेख गर्दै प्रवक्ता लिनले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई सुरक्षाप्रति सजग रहन सुझाव दिएका छन् । यद्यपि, चीनले नेपालको पछिल्लो घटनाक्रमबारे औपचारिक रूपमा विदेश मन्त्रालयमार्फत प्रतिक्रिया दिन बाँकी रहेको सिन्ह्वाले जनाएको छ ।











