Logo
Logo

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को रिट दायर


252
Shares

काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को पनि रिट दायर भएको छ । कानुनका विद्यार्थी अर्जुन शाहले सोमबार अर्को रिट दायर गरेका हुन् ।

The current image has no alternative text. The file name is: court.jpg

प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग राखेर शाहले रिट दायर गरेका हुन् । नेपालको संविधानको धारा १३३ बमोजिम  उत्प्रेषण रिट जारी गरी मधेश प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अनुसार  पुनः सरकार गठनको  प्रक्रिया अघि बढाउन उनले माग गरेका छन् ।

यसअघि आजै मधेश सरकार गठनविरुद्ध रक्कीप्रसाद साह र सुजित यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

 यो पनि पढ्नुहोस्:

प्रतिक्रिया दिनुहोस्