Logo
Logo

प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभाको अध्यक्षता सन्तोषले गर्ने


1.1k
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने भएका छन् ।

राष्ट्रिय सभागृहमा आज बिहान ११ बजे हुने एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने भएका हुन् । त्यस्तै दुर्गा सोबले कार्यक्रम सञ्चालन गर्ने र सुदन किराँतीले स्वागत मन्तव्य राख्ने गरी कार्यक्रमको खाका तयार पारिएको छ ।

बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो ।

सो सभाबाट पार्टीको नीति, नेतृत्व, कार्यक्रम लगायतबारे जानकारी दिइने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्