Logo
Logo

राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक


315
Shares

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंसिर ९ गते मंगलबार बस्ने गरी बैठक बोलाइएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुविकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा छलफल हुने उनले बताए ।

बैठकमा अहिलेको अवस्थाको चित्रणका साथ पार्टीको भावी योजना र रणनीतिबारे अध्यक्ष कमल थापाले धारणा प्रस्तुत गर्नेछन् । त्यसपछि केन्द्रीय कार्यसम्पादन समितिमा रहेका सदस्यहरूले सुझावसहितको आआफ्ना भनाइ राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्