
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा जेनजी युवाहरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।महेश बस्नेत र एमाले नेता भानुभक्त ढकालविरुद्ध स्थानीय जेनजी युवाहरुले दुबहीमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिए । एमाले नेताहरु राष्ट्रिय युवा संघको प्रदेशस्तरीय जागरण सभामा सहभागी हुन इटहरी जाँदै थिए ।
विराटनगर विमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो ।
मसी प्रहार गर्ने विराटनगर १ का सन्जोग गौतम र विराटनगर २ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।











