काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले धर्ना दिएका छन् । सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा आइतबार धर्ना दिएका हुन् ।

सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको पीडितहरूले बताएका छन् । उनीहरूले गत शुक्रवार पनि विभाग अगाडि धर्ना दिएका थिए ।











