Logo
Logo

पार्टीमा अभिभावकको रूपमा बस्छु: बाबुराम भट्टराई


819
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीमा आफू अभिभावकको रूपमा रहने बस्ने बताएका छन् । आइतबार पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सल्लाह/सुझाव दिने र लागू नभए सहेर बस्ने बताएका हुन् ।  

The current image has no alternative text. The file name is: baburam-1.jpg

‘अभिभावकले आफैँ सक्रिय, कार्यकारिणी भूमिका निर्वाह नगर्ने बताउँदै भट्टराईले भने, ‘जसले काम गर्नुपर्ने हो, तिनीहरूलाई काम गर्न दिन्छ, दिनुपर्छ । आफ्नो कुरा राख्नु पर्छ । लागू भएन भने पनि उनीहरू जे गर्छन्, त्यो उनीहरूको अधिकार हो भनेर सहेर बस्नुपर्छ।’

‘तर, आफ्नो कुरा भनिराख्नुपर्छ । म त्यही प्रतिबद्धता तपाईँहरूसँग गर्न चाहन्छु,’ उनले भने । उनले लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज भएको समेत बताए । ‘यो पार्टी भनेको जेनजी आन्दोलनको उपज हो र जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ,’ उनले भने, ‘यदि यो कुरा बुझिएन र मैले मेरो आफ्नै बखान गर्ने, अर्कोको अर्को बखान गर्दै हिँड्ने हो भने हुँदैन । अबको यो पार्टीको एजेण्डा भनेको जेनजी पुस्ताको चेतनासँग, त्यसको आवाजसँग, यो युगसँग जोडिएका कुराहरू यसले पूरा गर्नसक्छ कि सक्दैन ?’

पूर्वप्रधानमन्त्री भट्टराईले जेनजीको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरू मात्रै नभएर राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्