Logo
Logo

उज्यालो नेपाल पार्टीको कार्यालय त्रिपुरेश्वर, भोलि कुलमानले उद्घाटन गर्ने


693
Shares

काठमाडौं । उज्यालो नेपालले भोलि (बिहीबार)देखि केन्द्रीय कार्यालयको उद्घाटन गर्ने भएको छ । उज्यालोले मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको हो ।

पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ । उज्यालो पार्टीले ‘उज्यालो घर’को औपचार उद्घाटन समारोह बिहीबार दिउँसो २ बजे सुरू हुने जनाएको छ ।

यो दलले आज (बुधबार) जनमत पार्टीले उपाध्यक्ष पदबाट कारबाही गरेपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग चुनावी एकता गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्