Logo
Logo

प्रचण्ड र माधवले लिए रविलक्ष्मीको स्वास्थ्य अवस्थाबारे जानकारी


1.3k
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएकी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान डल्लुस्थित निवास पुगेर प्रचण्ड र माधवले गत साता भारतबाट उपचार सकेर फर्किएकी झलनाथ खनाल पत्नी चित्रकारलाई भेटेका हुन् । सो क्रममा उनीहरुले रविलक्ष्मीको पूर्ण स्वास्थ्यलाभको कामना गरेका थिए ।

चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिएका छन् । भदौ २४ गते जेनजी युवाहरुले झलनाथको घरमा आगजनी गरेका थिए । त्यसबेला चित्रकार घरभित्रै आगजनीमा परेर घाइते भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्