
काठमाडौं । सरकाररी टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा अनुगमन गरेको छ ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले आज राप्रपा कार्यालय पुगेर अनुगमन गरेको हो । उनीहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरुले कार्यालयमा स्वागत गरे ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले यसअघि हिजो कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर अनुगमन गरेको थियो ।
निर्वाचनको माहोल बनाउन भन्दै सरकारी टोलीले राजनीतिक दलका कार्यालय पुगेर अनुगमन एवं अन्तरक्रिया गरिरहेको छ ।












