
काठमाडौं । ललितपुरको नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैदी आकाश मगर रहेका छन् । उनलाई रोल्पाबाट पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।
लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका उनी २४ भदौमा जेनजीको आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए । त्यसपछि उनले ठमेलमा एक युवकको हत्या गरेको पनि खुलेको थियो । त्यसयता फरार रहेका मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गर्न सफल भएको हो ।












