काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी छ ।

दिउँसो १ बजेका लागि तय गरिएको बैठक ढिलोगरी सुरु भएको हो । बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका हेरफेरलगायतका महत्वपूर्ण विषयमा छलफल भइरहेको छ ।
बैठकबाट महाधिवेशनको नयाँ कार्यसूची र आगामी राजनीतिक कार्यदिशाबारे निर्णय हुने अपेक्षा गरिएको छ ।












