Logo
Logo

राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै


315
Shares

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ ।

आज बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबिच एकता गर्ने सहमति गरेको हो राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष लिङ्देनले लेखका छन्– ‘अन्ततोगत्वा राप्रपा र राप्रपा नेपाल बिच एकताको टुंगो लागेको छ। रिएर रहेका सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई ध्रुवीकरणमा सहभागी हुन हार्दिक आग्रह गर्दछु।’

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । ०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।

थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्