काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले फेला पारेको छ ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा बाकसभित्र राखिएको गोली बरामद गरिएको हो ।
फेला परेका गोलीमध्ये एसएलआरका २३१ राउन्ड र ३०३ रायफलका २४ राउन्ड रहेका छन् । बरामद गरिएको सामग्री हाल इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।












