Logo
Logo

सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी


756
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छन् ।

उनले शुक्रबार दिउँसो गाडी फिर्ता गराएकी हुन् । कार्कीले प्रयोग गर्दै आएको गाडीमा समस्या आइरहेको र अत्यधिक इन्धन लाग्ने देखिएपछि गाडी फिर्ता गरिएको हो ।

कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलका अनुसार, अहिले कार्कीसँग कुनै पनि सरकारी गाडी छैन । सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा पाएको गाडीबारे भने कार्कीले चासो राखेकी छन्।

प्रतिक्रिया दिनुहोस्