काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालय आगलागी भएको छ । राति १ बजेको समयमा ताजाँकोट गाउँपालिका कार्यालय आगलागी भएको हो ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । गाउँपालिकाको भवनको लेखा शाखाको स्टोरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको हो ।
स्थानीय र प्रहरीको सहयोगमा ३ बजे ४५ मिनेटमा आगो पूर्ण नियन्त्रणमा लिइएको हो । आगलागीबाट ४ थान काठको र्याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













