Logo
Logo

गगनले देउवासँग भेट्न मागे समय


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई भेट्न समय मागेका छन् । सभापति थापाले देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरी भेटको समय मिलाइदिन आग्रह गरेका हुन् ।

The current image has no alternative text. The file name is: deuwa-gagan.jpg

देउवा हङकङबाट फर्केको करिब दुई साता बितिसक्दा पनि उनीहरूबीच भेटवार्ता हुन सकेको छैन । हङकङबाट फर्केका देउवाले गगन थापालाई सभापति स्वीकार गरेका छैनन् । उनी चुनदेवीस्थित निवासमा सभापतिकै हैसियतमा नेमप्लेट राखेर बसिरहेका छन् । तर पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले सभापति थापाले देउवासँग भेटका लागि समय मागेका हुन् । ब

देउवाले भने थापालाई भेट्नका लागि समय छुटाएका छैनन् । देउवाका स्वकीय सचिव भानु देउवा  आफूले गगन थापालाई समयबारे जानकारी दिने बताएका पनि अहिलेसम्म भेटवार्ता गर्ने कुनै समय तोकेका छैनन् । 

देउवा आफूनिकट नेताहरूसँग दिनहुँ निवास र चुनदेवीमा भेटिरहेका छन् । तर विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीसँग भेट्न उनी अनिच्छुक देखिएका छन् । भेट आग्रह गर्ने नेताहरूलाई समय मिलाएर भेट्ने जवाफ दिँदै आएका छन् । नेताहरूका अनुसार, सर्वोच्च अदालतबाट आधिकारिकतासम्बन्धी मुद्दाको अन्तिम फैसला नआएसम्म देउवा भेट नगर्ने मुडमा छन् । 

प्रतिक्रिया दिनुहोस्