Logo
Logo

नागढुङ्गा सुरुङमार्ग आजदेखि साना सवारीका लागि खुला  


0
Shares

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा आजदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) का लागि खुला गरिएको हो । 

The current image has no alternative text. The file name is: nagdhunga.jpg

अहिले पनि सुरुङमार्ग परीक्षणकै क्रममा छ । सोही क्रममा आजबाट साना सवारी खुला गरिएको सडक विभागले जनाएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ११ साउनमा सुरुङमार्गको उद्घाटन गरेका थिए ।

यस सुरुङमार्गमा अति प्रज्वलनशिल पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन । अन्य ठुला सवारी साधन भने परीक्षणकाल पछि सोही सुरुङमार्ग हुँदै यात्रा गर्न सक्नेछन् । जैसीका अनुसार हालका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी मात्र सुरुङमार्ग खुला हुनेछ ।

सडक विभागका अनुसार अवस्था हेरेर १/२ दिनमा क्रमशः दुईतर्फी ट्राफिक खुला हुनेछ । सञ्चालन समयलाई बिहान ७ देखि साँझ ८ सम्म र त्यसपछि बिहान ६ देखि राति १० बजेसम्म विस्तार गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्