
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा एक्कासी आएको बाँढीमा परेर मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।
बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा १२१ वटा भेटिएका छन् । यस्तै पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, नुवाकोटमा १२, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४ र रसुवामा ३ वटा शव भेटिएका छन् ।
प्राप्त विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा शव भेटिने क्रम जारी छ । चितवनमा मात्रै भेटिएका शवको संख्या १२१ पुगेको हो ।
जिल्लागत विवरणअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।
















