काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई फेरि पक्राउ गरिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईँलाई पक्राउ गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईँलाई पक्राउ गरिएको हो ।

केही दिनअघि प्रसाईँले जेनजी शहीद रसिक खतिवडाकी आमा हुन् । शहीदलाई लिएर प्रसाईँले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ ।
सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भनेर टिप्पणी गरेको भन्दै सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै रोएकी थिइन् ।
प्रसाईंलगायतले अपमानजनक टिप्पणी गरेको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएकी हुन् । उनकै उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईँलाई पक्राउ गरिएको हो । प्रसाईँ पटकपटक पक्राउ पर्दै आएका छन् ।














