काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमयिर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सपिरुद्ध पहिलो बलमै सफलता पाएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले पहिलो बलमा ओपनर जर्ज मुन्सेलाई गुमाएको हो । लुम्बिनीका रुबेन ट्रम्पेलमनले उनलाई ‘गोलडेन डक’ आउट गरे ।
लुम्बिनीलले पछिल्लो खेलबाट पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिमले पहिलो रोजाइमा तीन परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा अविनाश बोहरा पहिलो रोजाइमा फर्किएका छन् भने फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा थनुका दबारे र जर्ज मन्से पहिलो रोजाइमा खेल्दैछन् ।
स्कटिकस अलराउण्डर म्याकमुलेन आईएल टी२० खेल्न यूएई गएपछि उनको स्थानमा आएका अर्का स्कटिस खेलाडी मन्सेले पहिलो रोजाइमा खेल्ने भएका हुन् ।


















