Logo
Logo

ललितपुरमा भएको दुर्घटनामा जवानको मृत्यु, डिआइजी नेतृत्वमा छानबिन समिति गठन


दृष्टि संवाददाता


काठमाडौं, २७ फागुन ।
ललितपुरमा भएको दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ भने सइ घाइते भएका छन्। मंगलबार भएको सो दुर्घटनाको विषयमा महानगरीय प्रहरी कार्यालयले छानबिन थालेको छ ।


गोदावरी नगरपालिका–५ लेले स्थित खत्रीगाउँमा पजेरो दुर्घटनामा परेर प्रहरी जवान रवि सुनुवारको मृत्यु हो दुर्घटनामा महानगरीय प्रहरी प्रभाग फर्सिडोलका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) दिनेश मैनाली घाइते भएका थिए ।

महानगरीय प्रहरी कार्यालयले डीआईजी उमेश रन्जितकारको नेतृत्वमा छानविन समिति गठन गरेको हो । छानबिन समितिमा महानगरीय प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरी र डिएसपी भावेश रिमाल सदस्य छन् । सइ र जवान सवार निजी गाडी उकालो बाटोमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्